
सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको खुलामञ्चमा नेपाली सेनाले युद्धस्तरमा क्वारेन्टाइन निर्माण कार्य तीव्र रुपमा भइरहेको छ। नेपाली सेनाको उत्तरपश्चिम पृतना हेडक्वाटर नेवारेले चारसय बेडसहितको क्वारेन्टइनस्थल निर्माणको काम आइतबारदेखि शुरु गरेको हो। प्रदेश सरकारले तत्काल वीरेन्द्रनगरस्थित रेडियो नेपालको परिसरमा रहेको खाली जग्गा र मध्यपश्चिम विश्वविद्यालयमा गरी एकहजार जना अट्ने क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको थियो। तर रेडियो नेपालमा प्राविधिक रुपमा उपयुक्त नभएपछि खुलामञ्चमा क्वारेन्टाइन निर्माण भइरहेको हो।
कम्तीमा एक हप्तामा काम सम्पन्न गर्ने गरी क्वारेन्टाइन निर्माणको काम जारी रहेको उत्तरपश्चिम पृतना हेडक्वाटर नेवारेका सेनानी झपेन्द्रबहादुर विसीले जानकारी दिए। उनकाअनुसार क्वारेन्टाइन निर्माणमा दुईसय बढी नेपाली सेना खटाइएको छ। मुख्यमन्त्री र मन्त्रीद्वारा निरीक्षण सुर्खेतको खुला मञ्चमा नेपाली सेनाले बनाएको क्वारेन्टाइनको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तथा मन्त्रीहरूले निरीक्षण गरेका छन्।
कर्णाली सरिकारले सुर्खेतमा मात्रै एक हजार क्वारेन्टाइन बनाउने निर्णय गरेको छ। अत्यावश्यक बाहेकका व्यवसाय बन्द सुर्खेत उद्योग बाणिज्य संघले सोमबारदेखि अत्यावश्यक बाहेकका अन्य व्यवसाय बन्द गर्न अपिल गरेको छ। वीरेन्द्रनगरमा आइतबार बसेको सुर्खेत उद्योग बाणिज्य संघ र सम्पूर्ण वस्तुगत समितिको आकस्मिक बैठकले अत्यावश्यक बाहेकका अन्य व्यवसाय बन्द गर्न अपिल गरेको हो। कोरोना भाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त भइरहेको बेला उच्च सतर्कता अपनाउन सुर्खेतमा रहेको अत्यावश्यक बाहेकका व्यवसाय गर्न सबै व्यवसायीलाई अनुरोध गरिएको संघका महासचिव लक्ष्मण कँडेलले जानकारी दिए।
\उनले अत्यावश्यक पसलमा किराना, खाद्य, ग्याँस, पेट्रोल पम्प, तरकारी र औषधि पसल मात्रै खुला हुने पनि बताए। यसैगरी नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशले पनि अत्यावश्यक उपभोग्य सामग्री सहज रुपमा आपूर्ति गराउन आग्रह गरेको छ। कोरोनाको उच्च जोखिमको समयमा आफूसँग भएको उपभोग्य सामग्री, औषधि सर्जिकल समान सहज रुपमा उपलब्ध गराउन पनि महासंघले व्यवसायीलाई आग्रह गरेको छ। महासंघका कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले प्रेस विज्ञप्ति जारी गर्दै व्यवसायीलाई यस अवधिको ब्याजमा छुट दिने व्यवस्था मिलाउन पनि सरकार समक्ष आग्रह गरेका छन्।
सुनचाँदी व्यवसाय पनि बन्द नेपाल सुनचाँदी व्यवसायी संघ सुर्खेतले यही चैत्र २१ गते सम्मका लागि व्यापार व्यवसाय बन्द गर्ने जनाएको छ। महासंघको केन्द्रको निर्णय अनुसार विश्वभर फैलिएको कोराना भाइरसले बनाएको भयाभह स्थिति नेपालमा पनि फैलन सक्ने र यससम्बन्धी नेपाल सरकार, र कर्णाली प्रदेशका विभिन्न सरोकारवाला निकाय बन्द भइसकेकाले यस्तो आग्रह गरिएको पनि जनाइएको छ। कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण रोक्न मुलुकभर अत्यावश्यक बाहेकका सबै सेवा आजदेखि २१ गतेसम्म बन्द गर्ने घोषणालाई सुनचाँदी व्यवसायी संघ सुर्खेतमा आबद्ध सदस्यले ऐक्यबद्धता जनाउन समेत अनुरोध गरिएको छ।
धुलिया बिटमा हेल्थडेक्स वीरेन्द्रनगर नगरपालिकाले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर भित्रिने मुख्य नाका धुलिया बिटमा ‘हेल्थ डेस्क’ स्थापना गर्ने भएको छ। नगरस्तरीय कोरोना भाइरस संक्रमण बिरुद्धको समन्वय समितिको आइतबार बसेको बैठकले प्रदेश राजधानी वीरेन्द्रनगरमा भित्रिने यात्रुलाई ‘हेल्थ डेस्क’ मार्फत चेक जाँच गर्ने निर्णय गरेको हो। चेक जाँचका क्रम्मा यात्रुमा संक्रमणको आशंका गरिए क्वारेन्टाइनमा राखेर थप उपचार गरिने वीरेन्द्रनगरका कार्यवहाक नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिइन्। त्यस्तै प्रत्येक वडा स्वास्थ्य चौकीहरूमा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खुल्लै राखेर सेवा दिइने पनि ढकालले जानकारी दिइन्।
बैठकले वडा स्वास्थय चौकीमार्फत वडामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन जनचेतनामूलक अभियान सञ्चालन गर्ने, वडामा कुनै पनि नयाँ व्यक्ति आए तुरुन्त स्वास्थ्य परीक्षण गरिने ढकालको भनाई छ। त्यस्तै बजारमा अभाव सिर्जना गरी कलोबजारी गर्नेलाई अनुगमन गरेर कडा कारवाही गरिने भन्दै क कार्यबाहक नगरप्रमुख ढकालले सोमबार देखि नै विशेष टिम निर्माण गरेर बजार अनुगमनलाई समेत तीब्रता दिइने बताइन।
कोरोनाबारे सबैले सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने भन्दै उनले नआतिई संयमता अपनाउन नगरबासीलाई आग्रह समेत गरिन्। चैत २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै सेवा बन्द गर्ने सरकारको निर्णय बमोजिम अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरिएको उपप्रमुख ढकालको भनाई छ।
















































। ९ चैत्र २०७६, आईतवार