प्रिमियर लिग सुचारु गर्न अप्रिलमा बैठक

एजेन्सी । कोरोना भाईरसको कारण स्थगित इन्ग्लिश प्रिमियर लिग फुटबल पुन: सुचारु गर्ने बिषयमा छलफल गर्न अप्रिल पहिलो साता क्लबको बैठक बस्ने भएको छ ।

स्काई स्पोर्ट्सका अनुसार लिग पुन: सुचारुका लागि अप्रिल ३ मा बैठक बोलाईएको छ । बैठकमा २० क्लबको सहभागिता रहने जनाईएको छ ।

कोरोनाको कारण विश्वको खेलकुद तालिका अस्तव्यस्त बनेको छ । र, प्रिमियर लिग अप्रिल ३० सम्मको लागि स्थगित गरिएको छ । तर, बैठकले लिगको नयाँ मिति तोक्ने बताईएको छ ।

यस सिजनको बाँकी लिग खेल जुन १ बाट सुरु गर्ने तयारी भईरहेको समेत स्काई स्पोर्ट्सले जनाएको छ ।

तपाईको प्रतिक्रिया