यात्रु नओराली सिल्क एयर फर्काउन खोज्दा विमानभित्रै प्रतिवाद

सिंगापुरबाट शनिबार राति आएको सिल्क एयरले युरोपका यात्रु पनि बोकेको भन्दै नागरिक उड्डयन प्राधिकरणले विमान फर्काउन खोज्दा यात्रुले प्रतिवाद गरेका छन् । यात्रु नओराली विमान फर्कन खोज्दा यात्रुले हो–हल्ला गरेपछि सबै यात्रुलाई झर्ने अनुमति प्रदान गरिएको थियो ।

नागरिक उड्डयन प्राधिकरणले सुरुमा विमान फिर्ता गर्न निर्देशन दिए पनि यात्रुको विरोधका कारण सबैलाई ओरालिएको छ । नेदरल्यान्डबाट आएका यात्रुलाई भक्तपुरको खरीपाटी क्वारेन्टाइनमा पठाइएको छ भने अन्य ९७ लाई सेल्फ क्वारेन्टाइनमा बस्न भन्दै राति नै विमानस्थलबाट छाडिएको छ ।

तपाईको प्रतिक्रिया