निर्भयाका बलात्कारीलाइ मृत्युदण्ड दिइयो

भारकाे नयाँ दिल्लीमा – सन् २०१२ मा भएको निर्भया सामूहिक बलात्कार काण्डका चारै जना दोषीलाई मृत्युदण्ड दिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार चारै जना दोषीलाई शुक्रबार बिहान साढे ५ बजे दिल्लीको तिहाड जेलमा मृत्युदण्ड दिइएको हो । सात वर्षसम्म चलेको लामो कानुनी लडाइपछि दोषीहरुलाई सजाय दिइएको हो ।

यसअघि अदालतले फाँसी दिन दिएको आदेशविरुद्ध एक अभियुक्तले त्यहाँको सर्वोच्च अदालतमा अपिल गरेका थिए । सर्वोच्चले आममाफी दिन नसकिने फैसला गरेसँगै चारै जनालाई मृत्यु दण्ड दिइएको हो । सर्बोच्चको फैसलापछि पनि पटक पटक मृत्युदण्डको मिति सारिँदै आएको थियो । निर्भया, पीडितको वास्तविक नाम गोप्य राख्न सञ्चार माध्यमले जुराएको नाम हो ।

निर्भयामाथि सन् २०१२ डिसेम्बर १६ मा गुडिरहेको बसमा सामूहिक बलात्कार भएको अदालतले ठहर गरेको छ । ६ जनाको आक्रमणमा परेकी निर्भयाको २९ डिसेम्बर २०१२ मा उपचारका क्रममा सिंगापुरमा मृत्यु भएको थियो । ६ जना मध्ये एक जना बालिग नभएको भन्दै सुधार गृहमा पठाइएको छ भने तत्कालिन बस चालक राम सिंहले हिरासतमा रहकै समय आत्महत्या गरेका थिए ।

तपाईको प्रतिक्रिया