कपिलवस्तुमा २ जनामा कोरोनाको शंका, क्वारेन्टाइन पठाउने तयारी

 

कपिलवस्तु । भारतीय भुमि हुदैँ सिमा क्षेत्र कपिलवस्तुको मर्यादपुर बाटनेपाल प्रवेश गरेका दुई जनामा उच्च ज्वरो देखिएपछि क्वारेन्टाइन पठाउने तयारी गरेको छ । नेपाल प्रवेश गर्दै गरेका उनीहरुलाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिई जिल्ला अस्पताल तौलिहवामा बुझाएको थियो ।

अस्पतालमा उनीहरुको स्वास्थ्य चेकजाचँपछि ज्वरो उच्च देखिएकोले उनीहरुलाई जिल्ला अस्पताल तौलिहवाले निमार्ण गरेको महेन्द्र आधारभुत प्रा वि तौलिहवाको क्वारेन्टाइनमा पठाएको छ ।

क्वारेन्टाइनमा चौध दिन राखेपछि मात्रै उनीहरुलाई आफ्नो घर जान दिईने बताईएको छ । दुई जना मध्ये एक जना बेलायतबाट भारत हुदैँ नेपाल फर्किएका हुन भने,अर्का पंन्जावबाट नेपाल फर्किएका हुन् ।

दुबैमा कोरोनाको लक्षण देखिएकाले क्वारेन्टाइनमा राखेर उपचार गर्ने व्यवस्था मिलाईएको प्रहरीको भनाई छ । कोरोना हो होईन भन्ने बारे पुष्ठि हुन भने ल्याव परिक्षणका लागि पठाउने तयारी भइरहेको छ । २ जना स्थानीय तौलिहवा क्षेत्रका युवाहरु रहेको बुझिएको छ ।

यो शंकाको हल्लासंगै जिल्लामा कोरोको हल्लाले चिन्तीत तुल्याएको छ । स्थनीय प्रशासन र स्वास्थ्यकर्मी हल्लाको पछाडी नलागी सावधानी अपनाउन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया