कोरोना भाइरसः कहाँ कति मरे, कति संक्रमित, कतिलाई भयो निको ? 

यस्तो छ दक्षिण एसियाको अवस्था

काठमाडौं । कोरोना भाइरस कोभिड–१९ बाट नेपालमा अहिलेसम्म एक जनामात्र संक्रमित भेटिएका छन् । नेपाल सरकारले परीक्षण ५०० बढीको भए पनि एक जनामात्र संक्रमित भेटिएका हुन् ।

दक्षिण एसियाको अवस्था–

छिमेकी भारतमा १९४ जना संक्रमित भेटिएका छन् । ४ जनाको ज्यान गएको छ । पाकिस्तानमा २ जनाको ज्यान गएको छ । पाकिस्तानमा ४५४ जना संक्रमित छन् । श्रीलंकामा ६०, बंगलादेशमा १७ तथा भुटानमा १ जना संक्रमित रहेका छन् ।

मृत्युको आँकडा –
सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । बिहीबार एकै दिन ४२७ जनाको ज्यान गएपछि इटालीमा मृत्यु हुनेको संख्या बढेको हो ।

इटालीमा मृत्यु हुनेको सङ्ख्या ३ हजार ४०५ पुगेको छ । यो सङ्ख्या कोरोना भाइरसको सङ्क्रमण सुरु भएको चीनको भन्दा बढी हो।

चीनमा अहिलेसम्म ३ हजार २४९ जनाको ज्यान गएको छ । डिसेम्बर अन्त्यदेखि फैलिएको कोरोनाबाट अहिलेसम्म ९ हजार ८ सय ६७ जनाको मृत्यु भएको छ ।

इरानमा १ हजार २८४ जनाको, स्पेनमा ८३० जनाको फ्रान्समा २४३ जनाको र बेलायतमा १३७ जनाको मृत्यु भएको छ ।

दक्षिण कोरियामा ९१, नेदरल्यान्डसमा ७६, अमेरिकामा ७४ र जर्मनीमा ४४ जनाको ज्यान गएको छ ।

संक्रमितको संख्या –
संक्रमितको संख्या २ लाख ४२ हजार ७२६ पुगेको छ । चीनमा ८१ हजार १५६ तथा इटालीमा ४१ हजार ३५ जना संक्रमित छन् ।

इरानमा १८ हजार ४०७ जना, स्पेनमा १७ हजार ९६३ जना, जर्मनीमा १५ हजार ३२०, अमेरिकामा १३ हजार ६७८ र फ्रान्समा १० हजार ८८६ जना संक्रमित छन् ।

संक्रमित निको भएर घर फर्कनेहरु–
८४ हजार ९६२ जना भने निको भएर फर्केका छन् । सबैभन्दा बढी चिनियाँ नै छन् ।

७० हजारको संख्यामा चिनियाँ संक्रमित निको भएको बताइएको छ । त्यस्तै इरानमा ५ हजार ७१०, इटालीमा ४,४४० जना, दक्षिण कोरियामा १ हजार ५४० जना निको भएर घर फर्केका छन् ।

तपाईको प्रतिक्रिया