‘जहाँ ठाउँको नामै फेसबुक डाँडा छ’

जाजरकाेट । डाँडाको नामै फेसबुक डाँडा ! तपाईलाई अचम्म लाग्न सक्छ तर मध्यपहाडी लोकमार्ग अन्र्तगत जाजरकोटको छेडागाड नगरपालिका दशेरा सडक खण्डमा पर्ने एउटा डाँडाको नाम नै फेसबुक डाँडा राखिएको छ । फेसबुक डाँडा नाम राखिएको एक बर्ष पुग्न लाग्यो । मध्यपहाडी लोकमार्ग कालोपत्रे गरी सकेपछि सडक छेउमा विभिन्न स्थानका नाम लेख्ने क्रममा स्थानीय युवाहरुले पाँच बर्ष अघि देखि नै भन्दै आएको फेसबुक डाँडा नामाकरण गरिएको हो ।

छेडागाड नगरपालिका ३ हाँडेतोला गाँउमा पर्ने यो डाँडा अहिले फेसबुक डाँडाको नामले प्रख्यात भएको स्थानीय हरिहर अधिकारीले बताए । अरु ठाँउमा कतै फोन नटिपे पनि यही ठाँउमा फोन टिप्थ्यो उनले भने–‘फोन टिप्नुका साथै टुजी फेसबुक चल्ने गर्दथ्यो । गाँउका युवा युवती फेसबुक चलाउन यही डाँडामा आउथे । राती अवेर सम्म बसेर चलाउने गर्थे । दिनभर पनि फेसबुक चलाउने युवायुवती खाली हुदैन्थे । फेसबुक डाँडातिर जाउन साथीभाई सँग कुरा गरेर आउँला भनेर कुरा गदै जाँदा सवैको लागि परिचित नाम भएकोले सडक निर्माणको क्रममा सडक छेउमा विभिन्न स्थानको नाम र ट्राफिक संकेत लेख्ने क्रममा सडक निर्माण कम्पनीलाई फेसबुक डाँडा लेख्न लगाएका हौ ।’

५÷६ बर्ष अघि छेडागाडकै मछाइनाको टावरले यस ठाँउमा काम गर्ने भएकोले फोन र फेसवुक चल्ने गर्दथ्यो । अहिले गाउँ नजिकै दैलेख, सुर्खेत र जाजरकोटको सिमाना नजिक भकारेको लेकमा नेपाल टेलिकमको एनटिसीको टावर निर्माण गरिएको छ । अहिले उक्त गाँउमा टेलिकमको फोरजी सेवा नै संचालनमा आएको छ । छेडागाड नगरपालिकाका उपमेयर चन्द्रबहादुर थापाले पनि केही बर्ष पहिले छेडागाडका धेरै ठाँउमा टेलिफोन नटिप्ने तर हाँडेतोला गाउँको हाल नामाकरण गरिएको फेसबुक डाँडामा मात्र फोन टिप्ने र फेसबुक चल्ने भएकोले उक्त हाँडीतोले डाँडाको नाम फेसबुक डाँडा राखिएको बताए ।

नामै फेसबुक डाँडा !

मध्यपहाडी सडकको दशेरा दैलेख खण्डमा यात्रा गर्ने क्रममा फेसबुक डाँडा नाम देख्ने वित्तिकै धेरैै मानिसहरु गाडीबाट ओर्लिएर टिकटक बनाउने, फोटा खिच्ने र सेल्फी लिने गरिएको उपमेयर थापाले बताए । ‘सञ्चारको कति असुविधाबाट छेडागाडबासी गुर्जिनु परेको रहेछ भन्ने इतिहासको साँक्षी यही नामले पनि पुष्टि गरेको छ, उनले भने अहिले पनि नगरपालिकाका १३ वटै वडामा सञ्चारको उत्तिकै समस्या छ, कतिपय गहिरो खोच परेको ठाँउमा र घरभित्र फोन टिप्दैन ।’ कतिपय अझै अग्लो डाँडामा जानु पर्ने र रुख चढेर फोन गर्नुपर्ने बाध्यता रहेको छ । #अन्नपूर्ण पोस्ट#

तपाईको प्रतिक्रिया