चाडपर्व नजिकिएसँगै बजार अनुगमन

वासुदेव शर्मा

No description available.

जाजरकोट । चाडपर्व नजिकिएसँगै जाजरकोटमा बजार अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्याल सुर्खेत जिल्ला प्रशासन कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय,भेरी नगरपालिकाको संयुक्त टोलीले अनुगमन गरेको हो ।

नेपालीहरुको महान चाड विजया दशमी तथा दिपावली नजिकिएसँगै सर्वसाधारणले किनमेल गर्ने समय भएकाले म्याद गुज्रिएका अखाद्य बस्तु विक्रि वितरणको अवस्था र म्याद गुज्रियाका वस्तु बिक्रि वितरणलाई रोक्न सरोकारवाला निकायको संयुक्त टोलीले जाजरकोटका खाद्य,उद्योग, होटल,पसल अनुगमन गरेको हो ।

सरोकारवालाहरुको संयुक्त टोलीले सदरमुकाम खलंगा बजारमा म्याद गुज्रिएका कुरमुरे, चिउरा, फेन्टा,बियर, चामल,कागतीको रस,दालमोट, जुस लगाएतका अखाद्य वस्तु बरामद गरि नष्ट गरेको प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले बताए ।

सदरमुकामकै पसलमा लेवल नलगाएका खाद्य वस्तु विक्रि गरेको पाईएकाले आगामी दिन यस्ता वस्तु विक्रि वितरण नगर्न निर्देशन दिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका खाद्य निरीक्षक पुजा शर्माले बताईन् । होटलमा आयल टेस्ट मिटरबाट फ्राई गरिने तेल भेटिएकाले त्यस्तो प्रकारको तेलले मानव स्वाथ्यलाई असर पर्ने हुदाँ प्रयोग नगर्न व्यवसायीहरुलाई सुझाव दिएको खाद्य निरीक्षक शर्माले बताईन् ।

’अधिकाश खाद्य पसलहरु अनुमति नलिएर संञ्चालन गरेको भेटिएकाले खाद्य तथा गुण नियन्त्रण कार्यालय सुर्खेतबाट अनुमति लिएर संञ्चालन गर्न निर्देशन दिएका छौं’ खाद्य निरिक्षक शर्माले भनिन् ।

चाडपर्व नजिकिएसँगै सर्वसाधारण किनमोलको लागी बजारमा वाक्लो उपस्थिति हुने गरेकोले सचेत हुन आग्रह गरिएको छ । म्याद गुज्रिएका वस्तुको सेवन गर्नले स्वास्थ्यमा समस्या आउने हुदाँ समान किन्दा सर्वसाधारणलाई प्रमुख जिल्ला अधिकारी शाहीले सुझाव दिए ।

जाजरकोटको मुख्य बजार क्षेत्र शान्तिचौतारा ठाँटीबजार, तल्लो थाप्लेमा रहेका पसल, होटल, उद्योगहरुमा अनुगमन गरिएको छ ।

तपाईको प्रतिक्रिया