असोज एघार गते जाजरकोट तेस्रो “महफिल” हुदैं

May be an image of 4 people and text
जाजरकोट । आगामी असोज एघार गते जिल्लामा जाजरकोट तेस्रो “महफिल” हुने भएको छ । “साहित्यको संरक्षण र सम्र्वद्धन हाम्रो अभियानः जोगाऔं,बचाऔं, बनाऔं आफ्नो पहिचान” भन्ने मुल नाराका साथ जाजरकोट साहित्यिक आवाजको आयोजनामा तेस्रो जाजरकोट महफिल हुने भएको हो ।

नेपालका चर्चित गजलकारहरुको उपस्थितिमा महफिल हुने जाजरकोटी साहित्यिक आवाजका अध्यक्ष भावुक रिदम बाबुले जानकारी दिए । उनका अनुसार नेपालकै चर्चित गजलकार कैलालीकी सुमन स्मारिका, दैलेखका महेन्द्र चन्द महासागर, सुर्खेतका इन्द्र लम्सालले गजल वाचन गर्नेछन् ।

यस्तै, चर्चित गजलकार बावु त्रिपाठीले महफिलको सहजीकरण गर्ने आयोजकले जनाएको छ । देशभरका झन्डै तीन दर्जन साहित्यकारहरु जाजरकोटमा आउने लागेको अध्यक्ष भावुक रिदम बाबुले हाम्रो पहुँच डटकमलाई जानकारी दिए ।
स्थापनाकाल देखि नै जाजरकोटी साहित्यिक आवाजले दुई वटा महफिल सहित दर्जन बढी साहित्यिक कार्यक्रम सञ्चालन गरिसकेको छ । असोज ११ गते जाजरकोट सदरमुकाम खलंगामा सञ्चालन हुने कार्यक्रम होटल रम्बाको सभा हलमा हुने जनाईको छ ।

तपाईको प्रतिक्रिया