जनस्वयमसेवक जाजरकोटको प्रथम भेला सम्पन्न, अध्यक्षमा पदम

May be an image of 7 people and people sitting

जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी (बहुमत )निकट यूवा जनस्वयमसेवक नेपाल जाजरकोटको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले क. पदमको अध्यक्षयतामा ३१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । भेलामा नेकपा (बहुमत) केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज धमिलको प्रमुख आथित्यता थियो ।

यस्तै पार्टीका जिल्ला संयोजक क. महान त्यस्तै जिल्ला सम्मेलन आयोजक सदस्यहरु हिमाल, दिनेश , सङ्गठनका केन्द्रिय सदस्य प्रकाश जनक, प्रकाश , लगायतको उपस्थित थियो ।

भेलाको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि धमिलले “वर्तमान दलाल राज्य व्यवस्थाकै देश परिवर्तनका सम्वाहक युवाहरु दुर्व्यसनी , कुलत सामाजिक हिंसा , विदेश पलायनको जर्जर अवस्थामा पुर्याएको भन्दै अबको सही विकल्प व्यवस्था परिवर्तन र वैज्ञानिक समाजवादी राज्यव्यवस्था नै निर्विकल्प सामाधान भएको जिकिर गर्नुभयो ।

त्यस्तै महानले “देशको समग्र परिवर्तनको लागि सबै युवाहरु पार्टी भन्दा पनि सही विचारलाइ पछ्याउन सके मात्रै एक असल युवाको परिचय रहेकोले देशका सम्पुर्ण युवाशक्तिहरु व्यक्ति हैन व्यवस्था बदल्न लाग्नुपर्ने बताउनुभयो । त्यस्तै सङ्गठनका केन्द्रिय सदस्य प्रकाशले युवा जनस्वयेमसेवक नेपाल देशको दलाल राज्यव्यवस्थाले निम्त्याएको अन्याय अत्याचार , बेथिती , विसङ्गती , लुटतन्त्र, युवा पलायन , बेरोजगारी , कालोबजारी , लगायतका समस्याका बिरुद्द जस्तोसुकै संघर्षको नेतृत्व गर्न तयार रहेकोले देशका सच्चा परिवर्तन चाहने युवा यो सङ्गठनमा आवद्द हुन आह्वान गर्नुभएको थियो ।

सयौ युवाको उपस्थितिमा र्याली सहित सदरमुकाम खलंगा बजार परिक्रमा गर्दै सनराइज कटेजमा बन्दसत्रमा परिणत भएको थियो । क.बरुणले स्वागत मन्तव्य द्वारा स्वागत गर्नुभएको कार्यक्रमको सन्चालन क. बिश्व ले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया