
जाजरकोट । भेरी नगरपालिकामा संघीयता र संबैधानिक साक्षरता सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । भाद्र ९ र १० गरी दुई दिन तालिम संचालन गरिएको थियो । सुर्खेतको सिम्ता गाउँपालिकाबाट १३ जना र भेरी नगरपालिकाबाट १५ जना गरी २८ जना यूवाहरुलाई तालिम दिइएको थियो ।
यूवाहरुलाई स्थानीय शासन प्रक्रियाका बारेमा जानकारी दिई सक्रिय सहभागिताको प्रवर्धन गर्न उक्त तालिम सन्चालन गरिएको महिला सशक्तीकरण मंञ्च नेपालकी अध्यक्ष सुनिता चन्दले बताईन् ।
तालिममा देशमा संघीयताको आवश्यकता,केन्द्रीय सरकार,प्रादेशिक सरकार र स्थानीय सरकार संचालनको बारेमा सिकाइ भएको सुर्खेत सिम्ता गाउपालिकाबाट सहभागी जनाएकी कबिता बिसीले बताइन् । त्यस्तै देशको रुपान्तरणमा युवाको भुमिका,योजना तर्जुमामा युवाको भुमिका लगायतका विषयमा समेत जानकारी पाएको विसीले वताईन् ।
उक्त कार्यक्रममा सुर्खेतका खगेन्द्र कडेंल,सुदुरपश्चिमका डन्डिराज उपाध्याय र सल्यानकी बिन्दु शर्माले प्रशिक्षण दिएका थिए भने युरोपियन युनियनको आर्थिक सहयोग र हेल्भेटास नेपालको समन्वयमा महिला सशक्तीकरण मञ्च नेपालले कार्यक्रम आयोजना गरेको प्रेम विश्वकर्माले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रम भेरी नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखा अधिकृत अमृत पुनको पनि उपस्थिति रहेको थियो ।
















































। १० भाद्र २०७९, शुक्रबार