
अछाममा सासुलाई कुटपिट र दुव्र्यवहार गरेको घटना बाहिर ल्याउने ११ बर्षिय बालक प्रदेश मन्त्रीद्वारा सम्मानित हुनुभएको छ । भदौ ७ गते अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ६ स्थित आफ्नै घरमा बर्ष ५३ कि जैसरा न्यौपानेलाई बुहारीले लछारपछार गरी अपमानजनक र अमानवीय ब्यबहार गरेको भिडियो खिचेर घटनाबारे जानकारी बाहिर ल्याउने सोही ठाउँका ११ बर्षिय बालक दिपेन्द्र न्यौपानेलाई कदर स्वरुप सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी कैलाशसिंह बिष्टले बताउनुभयो ।
बालकले तत्काल घट्ना नियन्त्रण गर्न नसके पनि घटनाको भिडियो रेकर्ड गरी समाजमा लुकेर रहेका घर भित्रका हिंसाका घटनाहरु लाई बाहिर ल्याई उजागर गर्नुका साथै कानुनी दायरामा ल्याउनमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै ११ बर्षिय न्यौपानेलाई कदर स्वरुप सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रण बहादुर रावलले सम्मान गर्नुभएको हो ।
सो अवसरमा मन्त्री डाक्टर रावलले समाजको विकास र विकृति नियन्त्रणमा हरेक व्यक्तिको भूमिका हुने भन्दै बालक न्यौपानेको कामको प्रशंशा गर्नुभयो । हाल कुटपिटमा पर्नुभएका सासुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने २ जना बुहारी प्रहरी नियन्त्रणमा रहेका छन् ।
















































। १० भाद्र २०७९, शुक्रबार