
जाजरकोट । नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन नलगाड नगर कमिटीको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ ।
शनिवार नगर कमिटीले पदाधिकारी चयन गर्दै दोस्रो सम्मेलन सम्पन्न गरेको हो । सम्मेलन बाट अध्यक्षमा गणेश रावल, वरिष्ठ उपाध्यक्ष हरिश बुढाथोकी, उपाध्यक्ष पदमराज गौतम, सचिव रामबहादुर घर्ती, सह सचिव रणबहादुर सिंह, कोषाध्यक्ष श्रृष्टि खड्कालाई चयन गरिएको छ ।
यस्तै, सदस्यहरुमा शुक्रराज सिंह, सेतेन्द्र बोहरा, कमल वली, गोविन्द्र खड्का, अन्जना नेपाली, केशव केसी, विजया सिंह, वागबहादुर रावत, मोहन विसी, अनोद नेपाली, कमला गौतम, भुपेन्द्र कुशवाहा, कमल खत्री र निराजन गौतम गरी २१ सदस्सीय नगर कमिटी गठन गरिएको छ ।

















































। ११ भाद्र २०७९, शनिबार