गजल

समय संगै हेर आज, म सडकमा सरकारमा, तिमी ।
कसैलाई दुई छाक जोहो छैन लाखौ हजारमा, तिमी ।

गाऊमा दुःख कष्ट गरेर जनताहरू कर तिरिरहेछन,
नेता भनाऊदाहरु भने मस्तछौ रेष्टुरेन्ट बारमा, तिमी ।

मैले साचो माया गरेकै हो प्रमाण नखोज यसरी सधै ,
मनमा छेऊ मुटुमा छेऊ तर देखीएनौ संघारमा,तिमी ।

बिदेशमा कैयौ नेपाली यूवाहरु छट्पटाई रहेछन कठै,
देश हाक्नेले केही गर नत्र पर्नेछो एकदिन मारमा, तिमी ।

मेरी दिलकी रानी तिमी बुझीदेऊन मेरो मायालाई ,
मेरो खुसी अनि सब थोक होऊ यो संसारमा, तिमी ।

मुक्तक
कोही जितेर गए त कोही जीताएर गए ।
यादका कोशोलीहरु हरपल पठाएर गए ।
कसरि भुलि दिए खै हीजो प्राण भन्नेले पनी ,
हिजो आज यी निर्दोष आखाहरु रसाएर गय ।

मुक्तक
जल्न दिन्छु यो मन कती जलि, रहन्छ ।
तस्बिर तिम्रो यी आखामा बलि, रहन्छ ।
हास्ने त सपनामै सिमीत हुने भयो यहा
जब सम्म भाग्यले हरदम छलि, रहन्छ ।

मुक्तक
अनवरत यादले पनि रुने, बनाऊछ ।
रुदारुदै तिम्रो तस्बिर छुने, बनाऊछ ।
बिरानो सहर अनि यो ’माया’ले पनी,
सम्झनामा एकोहोरो हुने, बनाऊछ ।

नवीन पि.एम
बनगाड कुपिन्डे नगरपालिका –३ सल्यान

तपाईको प्रतिक्रिया