गजल : पछ्यौरीमा तिम्रो


कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो
कहीं भाग, लागेछ कि,पछ्यौरीमा तिम्रो

कुन्नी किन, हिजोआज, बोलचाल छैन
नयाँ तृष्णा, जागेछे कि, पछ्यौरीमा तिम्रो

यो मन तिम्रै, यो तन तिम्रै, सबै तिम्रै भन्थ्यौ
अर्कैले बास, मागेछ्की, पछ्यौरीमा तिम्रो

तिमीलाई, देख्या जस्तो, मात्र लाग्छ भन्छौ
मिलनको रोग, भागेछ कि, पछ्यौरीमा तिम्रो

सुनिता कुमारी शाही
कालिकोट

तपाईको प्रतिक्रिया