रेडक्रस सोसाइटी जाजरकोट शाखाको २२ औं अधिवेशन सम्पन्न

सभापतिमा हरिवहादुर वस्नेत

जाजरकोट । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जाजरकोटको २२ औं अधिवेशन सम्पन्न गरिएको छ । शनिवार जिल्ला सभाको आयोजना गर्दै २२ औं जिल्ला अधिवेशन सम्पन्न गरिएकोे हो । शनिवार सम्पन्न भएको उक्त अधिवेशनबाट जाजरकोट शाखाले नयाँ नेतृत्व पाएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जाजरकोटले जनाएको छ ।

जसअनुसार, सभापतिमा हरिबहादुर बस्नेत,उप—सभापतिमा शोभा सिंह,ज्ञानिप्रसाद शर्मा,मन्त्रीमा धिरेद्र बहादुरी शाह,उप–मन्त्रीमा जनक केसी,कोषाध्यक्षमा राजेन्द्र बहादुर कार्की,उप–कोषाध्यक्षमा तेज बहादुर खत्री,महिला सदस्यमा सीता जैसी,सरीता सिंह,धर्मशिला बस्नेत, पशुपति जैसी,सदस्यमा सनत बहादुर कार्की,खम्ब जंग शाह, हरिश कुमार कार्की,दिपेन्द्र कुमार आरसी,सहदेव बस्नेत, सत्यप्रसाद शर्मा रहेका छन् ।

तपाईको प्रतिक्रिया