
गजल
धनको विटो देखे पछी, फुलको गुच्छा भेटेपछि
किन आउँथ्यो याद मेरो,तिर्खा अन्तै मेटेपछी ।
जवानीको रङ देखाई, गाजल पोती हिडेपछि
पछि लाग्नेको कमी हुन्न, नाङ्गोे तिग्रा देखेपछि ।
रुप र बलको घमण्ड त्यो,बैंस उमेर घटेपछि
तिम्रो पनि बाटो उही हो, दिल कतै रेटेपछि ।
गजल
मुटु दुखाउने यादहरुको काम छैन्
तिम्रो सामु मेरो केही पदनाम छैन
यहाँ चोट दिने यादहरु भरपुर छन्
हेर्छु ऐना मुहारमा कुनै निलडाम छैन्
जिन्दगी पनि चलि जान्छ यसरी नै
बगलीमा छुरा मुखमा रामराम छैन्
हुन्छ कहिले मिलन कहिले विछोड
त्यसैले म संग त कुनै छलछाम छैन्
रोहीत सिंह
जाजरकोट
















































। २८ श्रावण २०७९, शनिबार