गजल : भुल भयो ।

तिमीलाई धेरै माया गर्नु मेरो ठूलो भुल भयो
रोप्दा मैले मायाको बिज खडेरीको तुल भयो

मुटू मेरो टुक्रा पारी धेरै खुशी छौ है आजकल
मलाई भने घाऊ बल्झाउने त्यो अतीत हुल भयो

प्यासी थिए त्यो मायाको तिमी भित्र डुब्दै थिए
तर आज सुकि जाने हिउँदे पानी मुल भयो

तिम्रै जित गराउन जानी–जानी हारे मैले
त्यो गुन आज तिम्रो लागी धरतीको धुल भयो

था थिएन गुलाफ होला काँडाहरु माझ पनी
टिप्न खोज्दा हात नपुग्ने भिर पारीको फुल भयो

रानज शर्मा न्यौपाने
जाजरकोट

तपाईको प्रतिक्रिया