
गजल :
अझै पनि जात धर्म हेरेर नै प्यार गरिन्छ र ?
चोखो माया गर्ने जत्तिलाई मार गरिन्छ र ?
यहाँ हरेक सम्बन्धमा बाधा आउने गरेको छ
जातीयताको नाराले मायामा व्यापार गरिन्छ र ?
जुट्ने वेलामा सबै सकिन्छ व्यवरासे मारिन्छन्
रहेक पल प्रेम जोडीमाथी नै वार गरिन्छ र ?
तिमी डराई रहेकी छौं म एक्लैले के गरौं
विना कारण हाम्रो सम्बन्ध वारपार गरिन्छ र ?
सामाना गर्छु म जल्दीन तिम्रो समाजको रापले
के प्रेम जोडीहरुलाई मृत्युमा साभार गरिन्छ र ?
गजल :
भर कसैको हुन्न आफ्नै पाखुरीमा चल्नु छ हजुर
एक्लै जन्मिएका थियौ एक्लै चितामा जल्नु छ हजुर
यहाँ समयले हामी सबैलाई वेसरी लखेटी रहेको छ
जति सकिन्छ अहिले भाकौं विच बाटोमा गल्नु छ हजुर
तपाई अझै देखि हावाको वेगमा दौडनुहोस्
भोली अध्याँरोमा पनि बत्ती जस्तै बल्नु छ हजुर
रोकिनु हुँदैन हाम्रो यात्रा गन्तव्यमा नपुगेसम्म
कोपिल्लामै झर्न हुन्न फल भै फल्नु छ हजुर
धेरै घमण्ड नगर्नुहोस दुईदिन बाँजुन्जेल
भोली कुहिएको मुढो जस्तै डल्नुु छ हजुर
भुपेन्द्र नेपाली(मायालु)
बारेकोट गाउँपालिका २ जाजरकोट
















































। २८ श्रावण २०७९, शनिबार