अवैध गाँजाका बोटहरु नष्ट

जाजरकोट । प्रहरीले अवैध गाँजाका बोटहरु नष्ट गरेको छ । जिल्लाको जुनिचाँदे गाउँपालिका २ मजकोट स्थित अन्दाजी १ रोपनी र छेडागाड नगरपालिका २ डेडकुला स्थित अन्दाजी २ रोपनी गरी जम्मा अन्दाजी ३ रोपनि जग्गामा रहेको गाँजाका बोटहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरी चौकी जुनिचाँदे र अस्थायी प्रहरी पोष्ट जुनिचाँदे २ सुयाडाबाट खटिएको प्रहरी टोलीले प्राकृतिक रुपमा उमिग्रएका बोटहरु स्थानीय जनप्रतिनिधी सहित सरोकारवालाहरुको उपस्थितिमा नष्ट गरेको हो ।

तपाईको प्रतिक्रिया