अवैध घरेलु मदिरा नष्ट

खलंगा । जाजरकोटमा प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय बडाबन जाजरकोटबाट खटिएको प्रहरी टोलीले छेडागाड न.पा.–०५ का विभिन्न स्थान बाट अवैध घरेलु मदिरा नष्ट गरेको हो ।

जिल्ला जाजरकोट छेडागाड न.पा.–०५ मा रहेको १ सय २० लिटर तयारी मदिरा, ३ सय ३५ लिटर मदिरा बनाउने कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

तपाईको प्रतिक्रिया