
जाजरकोट । दुई नाबालिकालाई जिस्काई अनावश्यक हैरानी दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कुशे गाउँपालिका ०८ घर भई हाल भेरी नगरपालिका ०४ स्थित सिलाईकटाई पसल सञ्चालन गरी बस्ने बर्ष ३४ का नरेन्द्र परियारलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुुसार १७ बर्षिया दुईवटा नाबालिकाहरुलाई जिस्काई अनावश्यक हैरानी दिएको भन्दै उजुरी परेको थियो । प्रहरीले साउन २५ गते पक्राउ गरी सो सम्बन्धमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । नाबालिकाको नाम, ठेगाना प्रहरीले खुलाएको छैन् ।
















































। २५ श्रावण २०७९, बुधबार