
जाजरकोट । प्रहरीले अवैध गाँजाका बोटहरु नष्ट गरेको छ । जिल्लाको भेरी नगरपालिका २ रिसाङ स्थित अन्दाजी ३ रोपनी र जुनीचाँदे गाउँपालिका ३ का विभिन्न स्थानहरुमा अन्दाजी २ रोपनी गरि जम्मा ५ रोपनी जग्गामा रहेको गाँजाका बोटहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
प्रहरी चौकी पाँचकाटिया र प्रहरी चौकी जुनीचाँदेबाट खटिएको प्रहरी टोलीले प्राकृतिक रुपमा उमिग्रएका बोटहरु स्थानीय जनप्रतिनिधी सहित सरोकारवालाहरुको उपस्थितिमा नष्ट गरेको हो ।
















































। २५ श्रावण २०७९, बुधबार