भेरी नगरपालिका सातको सरस्वती माविमा बालक्लव गठन

May be an image of 12 people, people sitting, people standing and outdoors
जाजरकोट । जिल्लाको भेरी नगरपालिका ७ पुन्मामा रहेको सरस्वती माद्यामिक विद्यालयमा बाल क्लव गठन गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी उक्त विद्यालयमा बालक्लव गठन गरिएको हो ।

भीम बहादुर शाहीको अध्यक्षतामा पुस्पा शाही, सुस्मिता बिक., बिनोद शाही, सुरेन्द्र शाही, गणेश चन्द, कौशिला शाही, राजेन्द्र शाही, मनिषा बुढा, भिम सिंह बिक, यमुना बिक, सुरज शाही, तिलक शाही, लक्ष्मी बुढा, परिक्षा नेपाली, कल्पना शाही र दिपा शाही लगाएत १७ जना सदस्यीय समिती निर्माण गरिएको हो ।

बुधबार उक्त बिद्यालयमा बिद्यालयका प्रधानाध्यापक र अन्य शिक्षक एवं सम्पुर्ण विद्यार्थीहरुको उपस्थितमा समिती निर्माण गरिएको हो । नियमित रुपमा विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप संचालन गर्न र नियमित पठनपाठन लगाएतका विविध विषयमा समन्वय गर्नका लागि उक्त समिति निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक धिरेन्द्र बहादुर शाहले जानकारी दिए ।

No photo description available.

तपाईको प्रतिक्रिया