
निर्वाचन आयोगले मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी–विरोधको प्रक्रिया भदौ १२ गतेबाट सुरु हुने बताएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई ध्यान दिएर असार १ गतेबाट सुरु भएको मतदाता नामावली सङ्कलनमा भदौ १२ देखि १९ गतेसम्म नामावली अद्यावधिक (दाबी–विरोधसमेत) को कार्यक्रम निर्वाचन कार्यालयमा सञ्चालन हुने आयोगले जनाएको छ ।
अद्यावधिक प्रक्रियाअन्तर्गत नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुईभन्दा बढी मतदानस्थल भएकामा पायक पर्ने मतदानस्थलमा नाम सार्न निवेदन दिन सकिनेछ ।
आयोगले नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स तथा अनलाइनसमेतबाट निवेदन दिने व्यवस्था गरिएको बताएको छ । मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपछि प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगले जनाएको छ ।
















































। २५ श्रावण २०७९, बुधबार