मुख्यमन्त्रीको गुनासो : ‘मैले भनेको कर्मचारीले नमान्दा काम गरेको रकम भुक्तानी भएन’


सुर्खेत । आफूले भनेको अनुसार कर्मचारीले काम नगर्दा कर्णाली प्रदेशमा काम गरेको रकम समेत जनताले पाउन नसकेको मुख्यमन्त्री जीवनबहादुर शाहीले आरोप लगाएका छन् ।

असार २५ गते भित्र सिस्टम बन्द हुन्छ भनी पटकपटक भन्दा पनि कर्मचारीले नमान्दा जनताले काम गरेको रकम समेत नपाएको गुनासो गरेका छन् । मुख्यमन्त्री कार्यालयले आयोजना गरेको बार्षिक समीक्षा कार्यक्रममा भारी मात्रा काम गरेको रकम दिन बाँकी छ भनी प्रतिवेदन सार्वजनिक भएपछि मुख्यमन्त्री शाहीले यो बताएका हुन् ।

आफ्नो हिसाव नमिलेपछि जनताको भुक्तानी दिन आनाकांनी गरेर सिस्टम चलेन भनी कुरा चलाउने भन्दै कर्मचारीलाई मुख्यमन्त्री शाहीले झपारेका थिए । उनले भने ‘ मैले तपाइहरुलाई पटक पटक मौखिक ,लिखित रुपमै सिस्टम असार २५ गते बन्द हुन्छ भुक्तानीको काम समय सक्नु भनेको थिए । तपाइहरु के हेरेर बसेको त ? कहाँबाट चिज झर्छ भनेर अलझाएर बसेपछि भुक्तानी दिन बाँकी भैइहाल्छ नि ! ’

उनले आक्रोशित हुँदै थपे, ‘काम गर्ने व्यक्तिको लागि २४ घण्टा पनि अत्याधिक समय हो, तर काम नगर्नेको लागि जति समय भएपनि के लाग्छ र ? ’ मन्त्री र मुख्यमन्त्रीको नाम पोलेर रकम उठाउन थालेपछि कहाँबाट सिस्टम चलोस् भन्दै मुख्यमन्त्री शाहीले यो तरिकाले अब चल्दैन भन्दै अहिले जिल्लामा कोही पनि कर्मचारी नभएको सूचना आफूसँग जानकारी आएको बताए ।

साउन २ गते अक्तियारी गइसक्यो , काम गर्ने बेला घरमा गएर व्यक्तिगत काम गर्ने मुख्यमन्त्री शाहीले प्रश्न गरे । कर्णाली प्रदेश सरकारको मताहातमा रहेका विकासे कार्यालयको भुक्तानी दिन करोडौँ रकम बाँकी रहेको समीक्षामा सुनाएको छ ।

तपाईको प्रतिक्रिया