प्रदेश राजधानी सुर्खेतका सडकहरुमा पानी, पैतल यात्रीलाई हैरानी

सुनिता कुमारी शाही
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतका सडकहरुमा बर्षाको पानी जम्मा हुने गरेको छ । सुर्खेतका सडकहरुमा परेका खाल्डाखुल्डीमा बर्षाको पानी जम्मा हुने गरेको हो ।

वीरेन्द्रनगर एरपोर्ट चोक लगायतका अन्य सडकहरुमा पैतल यात्रा गर्दा खाल्डाखुल्डीहरुमा जम्मा भएको पानीका कारण शरिरमा पानी छापिएर हैरानी बनाएको वीरेन्द्रनगर सुर्खेतकी स्थानीय कुसुम शाहीले बताईन् ।

उनले भनिन् ‘प्रदेशको राजधानी वरपरका सडकहरुको त यस्तो विथिति छ भने दुर्गका सडकहरुको झन के होला ? सरकारले सडकमा भएका खाल्डाहरु पुरिदिएको भए पैतल यात्रीहरुले यस्तो हैरानी खेप्नुपर्ने थिएन ।’

यस विषयमा सोधपुछका लागि हामीले वीरेन्द्र नगरपालिकाका मेयरसंग फोन सम्पर्क गर्न खोजेको थियौं सम्पर्क हुन सकेन् ।

तपाईको प्रतिक्रिया