शैक्षिक सुधार गर्न, अखिल क्रान्तिकारीले बुझायो १६ बुद्धे माग पत्र मागपत्र सहित

सुनुवाई नभए कडा अान्दाेलन गर्ने चेतावनी

जाजरकोट । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी निकट भातृ संगठन अखिल (क्रान्तिकारी) जाजरकोटले विभिन्न चुनौतिको बिचमा शैक्षिक सुधार गर्न ज्ञापन पत्र बुझाएको छ । जिल्लाका विभिन्न विद्यालयको शैक्षिक सुधार गर्न, ज्ञापनपत्र बुझाएको हो ।

अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष बिजय शाहीका अनुसार शिक्षामा भएका बिकृती बिसंगति लगाएत विभिन्न समस्याहरु भएका कारण यी यावत सबै बिषयलाई लिएर संगठनले १६ बुद्धे माग सहित ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापनपत्रमा उल्लेखित १६ बुद्धे माग पत्रको सुनुवाई नभएमा कडा संघर्षबाट यसको जवाफ दिने पनि अध्यक्ष शाहीले जानकारी दिए । उनले भने, “विद्यार्थी र अभिभावक बिच प्रत्यक्ष रुपले जोडिएका माथी उल्लेखित मागहरुको तत्काल सम्बोधन गर्न अपिल गर्दछौं ।”र्, यदि यी अपिल गरिएका मागहरुलाई सम्बोधन नगरिएको खण्डमा हामी कडा भन्दा कडा आन्दोलनमा जानेछौँ ।’ उनले थपेर्, हामिले गरेका आन्दोलनबाट उत्पन्न हुने समस्याहरु स्वयंम सम्बन्धित निकायहरु जिम्मेवार हुनेछन ।’

नेपालको शैक्षिक अबस्थाको हकमा भन्ने हो भने ब्यबहारिक शिक्षा लागु गर्न धेरै पटक आन्दोलन संघर्षहरु भए तर त्यसको उपलब्धि केही निश्चिति दलालहरुका लागि भयो तर अब साच्चिकै सम्पुर्ण नेपाली जनताका छोराछोरीहरुको ब्यबहारिक शिक्षा लागू गर्न एकीकृत जनक्रान्ती मार्फतमात्र सम्भब छ त्यसैले सम्पुर्ण राष्ट्रबादी (क्रान्तिकारी) विद्यार्थीहरु एकजुट हुनेबेला आएको उनको भनाई छ ।
संगठनका जिल्ला सचीव समीप शाहले भनेर्, हामी शिक्षा क्षेत्रलाई बिगार्न र धमिलो हुन दिदैनौँ ।’र्, बिभिन्न बहानामा विद्यार्थीहरुबाट उठाईने चर्को शुल्क खारेज गर्न चाहान्छौँ ।’ धनी, गरिब, शहर र गाउँका विद्यार्थीहरुको शिक्षा समान बनाउना चाहान्छौँ ।र्’ शिक्षकले किताबी ज्ञान् पढाएर मात्रै हुँदैन त्यसलाई ब्यबहारिक म परिवर्तन गराउनु पर्दछ ।

हामी चाहान्छौँ अध्ययन गरिसके पछि कुनै पनि विद्यार्थी बिदेशका गल्लिहरुमा धाउन नपरोस ।’ विद्यालयका बिभिन्ना संरचना निर्माणका लागि आएको अर्थिक कसैले पनि दुरुपयोग नगरोस । सहि ठाउमा सहि ढंगले सदुपयोग होस उनले बताए ।
शिक्षकले कुनैपनी विद्यार्थीको जिवनमाथी खेलवाड नगरोस । हामीले बिभिन्ना मागहरु माथी मागपत्रम उल्लेख गरिसकेका छौँ ।

यो माग पत्र बुझाईसकेछी सरकारवाला निकायहरुको ध्यान एकचोटि जाजरकोटका बिभिन्न ग्रामीण वस्तिहरुमा जाओस र पुरै विद्यालयहरु अनुगमन गरि आवश्यक सामाग्री तुरुन्तै उपलब्ध गराईयोस र भएका सामाग्रीको पुर्णरुपमा ब्यबस्थापन गरियोस् ।
हामिले बुझाएको १६ बुद्धे मागपत्रको सुनुवाइ गर्न शिक्षा बिकास तथा समन्वय ईकाई कार्यलयलाई अपिल समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया