जाजरकोटमा २ सय ९९ मुद्दा फर्स्योट

अझै ७३ वटा मुद्दा बाँकी

जाजरकोट । जिल्ला अदालत जाजरकोटमा आर्थिक वर्ष २०७८/०७९ मा २ सय ९९ मुद्दा फस्र्योट भएका छन् । जिम्मेवारी सरेर आएका र आर्थिक वर्ष २०७८/०७९ मा दर्ता भएका मुद्दाहरु गरी २ सय ९९ मुद्दा फस्र्योट भएका हुन् ।

जिम्मेवारी सरेर आएका १ सय २२ वटा र आर्थिक वर्ष २०७८/०७९ मा दर्ता भएका २ सय ५० मुद्दा मध्ये २ सय ९९ मुद्दा फस्र्योट भएको जिल्ला अदालत जाजरकोटका सुचना अधिकारी सुशील आचार्यले बताए ।

उनले भने, ‘जिम्मेवारी सरेर आएका र आर्थिक बर्ष २०७८/०७९ दर्ताभएका मुद्दाहरु मध्ये सबै भन्दा बढी सम्बन्ध विच्छेदका १ सय ४३ मुद्दाहरु दर्ता भएका थिए, जस मध्ये १ सय २० वटा मुद्दाहरु फस्र्योट भएको छन् भने २३ वटा सम्बन्ध विच्छेदका मुद्दा र ५० वटा अन्य मुद्दाहरु गरी ७३ वटा मुद्दाहरु आर्थिक बर्ष २०७९/०८० का लागि जिम्मेवारी सरेर आएका छन् ।’

तपाईको प्रतिक्रिया