सल्यानको एक वडाका स्थानीयहरुले पाए स्थानीय सरकार भए यताकै पहिलो वडा सचिव !

No description available.
नवीन पिएम
सल्यान । सल्यानको शारदा नगरपालिका १४ नम्बर वडामा स्थानिय सरकार भए यताकै आइतबार पहिलो वडा सचिवको रुपमा नरेश बिस्टलाई वडाका स्थानीयहरुले पाएका छन् । उनी यस अघि वडा सचिवमै शारदा नगरपालिका वडा नम्बर ७ मा कार्यरत रहेको बताइएको छ ।

विगतमा वडामा सचीव नहुँदा स्थानीयहरु समस्यामा परेका थिए । यस अघि १५ नम्बर वडाकि सचिव सिता योगीले १४ नम्बरको काम पनि गर्दै आएकी थिइन् ।

दुई वटा वडाको काम एउटैले सचिबले गर्ने भएको कारण पनि काम गर्दा सचिव नहुँदा काम गर्न गाह्रो भएको जनतालाइ सोचेअनुरुप सेवा दिन नसकिएको सचिब योगिले बताइन् । आइतबार वडाका जनप्रतिनिधि र स्थानियले एक कार्यक्रमका बिच वडा सचिव बिस्टलाइ स्वागत गरेका छ्न ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष प्रकाश पुनले भने, ‘सचीव नहुदा स्थानीय धेरै मर्कामा परेका थिए , अब स्थानियको समस्यालाई ध्यानमा राख्दै सचिबको पहल गरेकाछौ , जुन निर्वाचनमा बोलेको एक बाचा समेत पुरा गरेका छौ ।’

बिगतका करिब ५ वर्ष देखी वडाका जनताहरुले सचीवको अनुहार देख्न पाएका थिएनन तर हामी निर्वाचित भएको करिब ७० दिनको समय भित्र वडा सचीव लाई १४ न. वडामा हाजिर गराउन सफल भएका छौ जसरी हुन्छ वडाबासिको मुहारमा सधै खुसी ल्याउने प्रयासमा रहेको वडाध्यक्ष पुनले बताए ।

तपाईको प्रतिक्रिया