
चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता नदेखिएको संसदिय छानबिन समितिको निष्कर्षपछि पुनः जनार्दन शर्मालाई नै अर्थमन्त्रीका रुपमा पठाउने तयारी सुरू भएको छ । सीआईएनसँग कुराकानी गर्दै नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेलले शर्मालाई अर्थमन्त्रालय नपठाउने कुनै कारण नभएको बताउनुभयो ।
पार्टीमा शर्माको विकल्पबारे कुनै छलफल नभएको भन्दै उहाँलेशर्मामाथिको आरोप पुष्टि नभएकाले त्यसबारेमा छलफल हुने बताउनुभयो । भोलि पार्टीको स्थायी समिति बैठक बोलाईएकाले बैठकले नै त्यसबारे निर्णय गर्ने नेताहरूले बताएका छन् ।
तर,प्रमुख सचेतक देव गुरुङले भने शर्मालाई पार्टीले फिर्ता बोलाएको् नभएर उहाँले छानबिनका लागि राजिनामा दिनुभएकाले निर्दोश साबित भएपछि उहाँ नै मन्त्रालय फर्कने विषयमा दुईमत नभएको बताउनुभयो ।
















































। १४ श्रावण २०७९, शनिबार