अवैध नदिजन्य पदार्थ ओसारपसार गर्ने टिप्पर प्रहरी नियन्त्रणमा

जाजरकोट । जिल्ला प्रहरी कार्यालय जाजरकोटले अवैध नदिजन्य पदार्थ ओसारपसार गर्ने टिप्पर नियन्त्रण लिई आवश्यक कार्वाहीका लागि भेरी नगरपालिकामा पठाएको छ ।

शुक्रबार भेरी नगरपालिका १३ कुदु स्थित सु्र्खेत जाजरकोट सडक खण्डमा चेक जाँच गर्दै जाँदा बागमती प्रदेश ०३–०००१ क ०८४२ नम्बरको टिप्परले बालुवा सहित टिप्परलाई प्रहरी चौकी कुदुले नियन्त्रण लिई आवश्यक कार्वाहीको लागि भेरी नगरपालिका पठाईएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

तपाईको प्रतिक्रिया