
जाजरकोट । मालपोत कार्यालय जाजरकोटले आर्थिक वर्ष २०७८÷७९ मा १ करोड ५२ लाख २९ हजार १ सय १९ रुपैयाँ राजस्व संकलन गरेको छ । मालपोत कार्यालयका अनुसार घरजग्गा रजिष्ट्रेसन , रातोपुर्जा बिक्री, न्यायीक दस्तुर, प्रशासनिक सेवाशुल्क, रोक्का, मुद्धा र पुँजीगत लाभकरबाट राजस्व संकलन भएको हो ।
कार्यालयले एक बर्षमा घरजग्गा रजिष्ट्रेसन शुल्कबाट १ करोड १३ लाख १५ हजार ४४१ रुपैयाँ, पुँजीगत लाभकर मार्फत ३५ लाख १० हजार ९५४ रुपैयाँ, प्रशासनिक सेवा शुल्क तथा रोक्का मार्फत १ लाख २३ हजार ४५० रपैयाँ र मुद्धा तर्फ २ लाख ७९ हजार २ सय ७४ राजस्व संकलन भएको कार्यालय प्रमुख डिल्ली केसीले जानकारी दिए ।
कार्यालयमा जिल्लाका सात वटै स्थानीय तहका सेवाग्राहीले घरजग्गा सम्बन्धी कारोवारबाट उक्त राजस्व रकम संकलन भएको प्रमुख केसीको भनाई छ । सेवा शुल्कअन्तर्गत पुर्जा, धितो रोक्का, संशोधन, घर कायम, नामसारी, विलम्व शुल्क लगायतवाट राजश्व संकलन भएको छ ।
यस्तै, भेरी नगरपालिका बाट ६३ लाख ५ सय ७८ रुपैयाँ, नलगाड नगरपालिका बाट २९ लाख ६७ हजार ६३३ रुपैयाँ, छेडागाड नगरपालिका बाट ९ लाख ५ हजार ८८१ रुपैयाँ, बारेकोट गाउँपालिका ५ लाख १४ हजार ९५२ रुपैयाँ, कुशे गाउँपालिका २ लाख ८६ हजार ३ सय १९ रुपैयाँ, शिवालय गाउँपालिका २ लाख १४ हजार ८७९ रुपैयाँ र जुनीचाँ गाउँपालिका बाट १ लाख २५ हजार १९९ रुपैयाँ राजस्व संकलन भएको प्रमुख केसीले जानकारी दिए ।
















































। १४ श्रावण २०७९, शनिबार