
नलगाड । बुधबार राती खसेको पहिरोमा परी नलगाड नगरपालिका २ झुम्रेखोला पुल नजिकै रहेको १ पसल पुरिएको छ ।
माथिबाट आएको पहिरोले स्थानीय हिरा बिकको पसल पुरिएको र अरु २ वटा पसलमा आंशिक क्षति भएको ईलाका प्रहरी कार्यालय दल्लिले जनाएको छ ।
पहिरोले सम्पूर्ण समानसहित पसल पुरेको पसल संचालक हिरा बिकले बताइन् । अझै सो ठाउँमा रहेका पसलहरु पहिरोको उच्च जोखिममा रहेका छन् ।
पसलमा भएको क्षतिका बारेमा यकिन विवरण नआईसकेको र पहिरो पन्छाउन नेपाली सेना र ईलाका प्रहरी कार्यालय दल्लिको टोलि घटनास्थलमा खटिएको ईलाका प्रहरी कार्यालय दल्लिले जानकारी गराएको छ ।
















































। १२ श्रावण २०७९, बिहीबार