सल्यानमा सर्पको टोकाई बाट बालकको मृत्यु

No description available.

नविन पिएम
सल्यान । सल्यानमा विषालु सर्पको टोकाई बाट एक बालकको मृत्यु भएको छ । जिल्लाको बन्गाड कुपिन्डे नगरपालिका–९ घर भई हाल शारदा नगरपालिका ६ बरला बस्दै आएका लालबहादुर बस्नेतका १३ वर्षीय छोरा अर्जुन बस्नेतको मृत्यु भएको हो ।

आफ्नै घरको तल्लो तलामा आमाबुबासँगै सुतेको बेला बुधबार राति बस्नेतलाई सर्पले टोकेको थियो । सामान्य घरेलु उपचारपछि जिल्ला अस्पताल सल्यानमा उपचार गर्ने क्रममा बिहीबार बिहान करिब ५ः२० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।शवको पोष्टमार्टम लगाएत अन्य कानुनी प्रक्रिया भइरहेको समेत प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

तपाईको प्रतिक्रिया