कपुरकोट गाउँपालिकाले स्वास्थ्य संस्था बाट सार्वजनिक विदा र शनिवार सेवा दिने

No description available.
नविन पि.एम
सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले सार्वजनिक विदाको दिन र शनिवार पनि आफ्नो पालिकाभित्रका स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्य सेवा संचालन गर्ने निर्णय गरेको छ । ६ वटै वडाका स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट सार्वजनिक विदाको दिनमा पनि सेवा प्रवाह हुने गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले बताए ।

‘स्वास्थ्य सेवालाई अझै सर्वव्यापी प्रभावकारी गराउन हामीले नीति तथा कार्यक्रम पनि पारित गरेको छौँ, त्यसै अनुसार सार्वजनिक विदा र शनिवारको दिनमा पनि स्वास्थ्य संस्थाहरु खुल्ला राख्ने र सेवा दिने व्यवस्था गरेका छौं’ अध्यक्ष पुनले भने ।

पालिका भित्रका सबै नागरिक सामु स्वास्थ्य सेवाको पहुँच र उपभोग बढाउनका लागि यस्तो व्यवस्था गरिएको हो गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताए ।

सार्वजनिक विदाको दिनमा पनि स्वास्थ्य सेवा प्रवाह हुनेबारे सबै पालिकावासीलाई जानकारी गराउने गरी सूचना सम्प्रेषण गरिएको प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले बताए । विदाको दिनमा पनि स्वास्थ्य संस्था खोलेर सेवा दिने स्वास्थ्यकर्मीको सुविधाका लागि आवश्यक बजेट पनि विनियोजन गरिएको उनको भनाई छ ।

स्वास्थ्य क्षेत्रमा सुशासन कायम गर्दै स्वास्थ्य सेवा प्रवाहलाई गुणस्तरीय, जवाफदेही एवं परिणाममूखी बनाउन सबै स्वास्थययकर्मीहरु जिम्मेवार बनेर लागिपरेको गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले जानकारी दिए ।

No description available.

तपाईको प्रतिक्रिया