चट्याङले हुम्लामा ५० बाख्रा मरे


हुम्ला । जिल्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकामा ५० भन्दा बढी बाख्रा मरेका छन्

सर्केगाड– २ का रिपको खानी भन्ने स्थानको खर्कमा लगेका वेला चट्याङ लागेर दुई जनाका ५० बढी बाख्रा मरेका हुन्।
खर्कमा अचानक परेको चट्याङमा परी स्थानीय छक्का कार्की र लुड्प्या महताराका ५० बढी बाख्रा तथा दुई गाईगोरु मरेका छन्।

वडाध्यक्ष सिद्ध कार्कीका अनुसार चट्याङले छक्का कार्की पनि सामान्य घाइते भएका थिए। उनको अवस्था सामान्य हुँदै गएको छ

चट्याङ परेको स्थान गाउँबाट टाढा भएकाले क्षतिको विस्तृत विवरण नआएको वडाध्यक्ष कार्कीले जानकारी दिए।

तपाईको प्रतिक्रिया