बारेकोटलाई साहित्य चिनाउने कालीप्रसाद !


शिक्षण पेशालाई कर्म बनाएर बारेकोट प्रवेश गरे कुशेका कालीप्रसाद थापाले । हाल अध्यापन गराउने वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालयमा उनका बुवाले पढेका थिए । बुवाले पढेको विद्यालयमा शिक्षकको रुपमा काम गर्ने सौभाग्य कालीप्रसादलाई मिल्यो ।

सयौं विद्यार्थीलाई शिक्षा दिए । हजारौं विद्यार्थीलाई शिक्षाको ज्योती छरिरहेका छन् । एउटा शिक्षक मात्र पाएन् बारेकोटले साहित्यकार र पत्रकार समेत पायो । बारेकोटका कुना कन्दरामा गएर बारेकोटको परिचय दिईरहेका छन् कालीप्रसाद । ‘जहाँ पुग्छ कवि, त्यहाँ पुग्दैन् रवि’ भने जस्तै बारेकोटमा लाग्ने मेला, पर्व, चाडपर्वमा गुन्जिन्छ कालीप्रसादको आवाज ।

यति मात्र होइन् सरल स्वभाव, मिजासिलो व्यवहार, कामप्रति वफादार, इमान्दारिता उनका जीवनका ठूला विशेषता हुन् । कहिले साहित्यको रसमा बारेकोट चिनाउँछन् त कहिले पत्रकारिता मार्फत बारेकोटको परिचय दिन्छन् । थापा साहित्यकार, पत्रकार मात्र नभई रचनाकार समेत हुन् । बारेकोटलाई साहित्य चिनाउने श्रय कालीप्रसाद लाई दिदाँ समेत फरक पर्दैन् । त्यसभन्दा पहिले स्व. पत्रकार वीरबहादुर शाहीले ‘जलजला’ साहित्यक पत्रिका मार्फत बारेकोटी साहित्यकारका रचनालाई स्थान दिने गथ्र्ये ।

तर उनको असामयिक निधन भएपछि बारेकोटको साहित्य क्षेत्रले फड्को मार्न सकेको थिएन् । कुशे बाट बारेकोट पुगेका कालीप्रसाद थापाले बारेकोटको साहित्यिक क्षेत्रलाई उचाईमा पुर्याउनका लागि बारेकोट साहित्य कला केन्द्रको स्थापनामा जुटे । बारेकोटकै पहिलो उपन्यासकार डिल्ली थापा ‘चिन्तन’, वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालयका प्रधानध्यापक गोरखबहादुर सिंह लगायतका व्यक्तिहरुको सहयोगमा बारेकोट साहित्य कला केन्द्रको नेतृत्व थापाले सम्हाले ।

२०७५ सालमा जिल्ला प्रशासन कार्यालय जाजरकोटमा बारेकोट साहित्यिक कला केन्द्र आधिकारिक दर्ता भयो । अध्यक्ष थापा सहित ११ जनाको समिति रहेको कलाकेन्द्रले त्यसपछि बारेकोटको प्रतिभा पहिचानलाई चिन्न थाल्यो । थापा अध्यक्ष हुदाँ धेरैले भनेका थिए, कुशेका मान्छेलाई अध्यक्ष बनाएर बारेकोटको कला, साहित्यको संरक्षण हुन्छ ? यो प्रश्नलाई थापाले कहिल्यै पनि अघि बढ्न दिएनन् ।

बारेकोटको कला, साहित्य, संस्कृति संरक्षणमा नियमित खटिन थाले । विद्यालय समय बाहेक अन्य समय कलाकेन्द्रमा खर्च गरिरहेका छन् । त्यसपछि बारेकोटमा पनि साहित्य संस्था छ भन्ने पहिचान बनाए । गाउँपालिका भित्रका प्रत्येक विद्यालयमा कविता, गजल, मुक्तक, लोकगीत, हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिरहेका छन् । यसले पनि नव सर्जकलाई प्रोत्साहन, पुरानालाई सम्मान गर्ने थलो बन्यो बारेकोट साहित्य कला केन्द्र ।

को हुन कालीप्रसाद ?
वि.स. २०३७ साल जेठ ५ गते कुशे गाउँपालिका ५ ढिमेमा थापाको जन्म भयो । मध्यम परिवारमा जन्मिएका थापा सानै देखि साहित्य, पत्रकारिता र गीत संगीतमा रुचि राख्थे । थापाले पाठ्यक्रम विषयमा स्नातकोत्तर सकेका छन् । बारेकोटमा शिक्षण पेशा सुरु गरेदेखि बारेकोट सँग गहिरोप्रेम बसेको थापा बताउँछन् । उनी भन्छन्, ‘मेरो बारेकोट सँग गहिरो प्रेम बसेको छ, अव म जहाँ गएपनि बारेकोटलाई विर्सन गाह्रोपर्छ ।’

‘अहिले सम्म साहित्य क्षेत्रमा जति गरिएको छ त्यो त केही छैन् कोरोना महामारीले काम नै गर्न दिएन् । बारेकोट गाउँपालिका, यहाँका सरोकावालाहरुको साथ सहयोग पाइयो भने अझै केही गर्ने सपना बोकेको छु’ उनले थपे । प्रकृतिको सुन्दर अनुपम बारेकोटलाई चिनाउन कालीप्रसाद होइन् तपाई हामी पनि एकजुट हुन् जरुरी छ । केही सोच बोकेका व्यक्तिलाई सहयोग गर्न जरुरी छ ।

(थापा सँग कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया