भारत–चीन सीमामा शान्ति कायम गर्न १५ चरणमा वार्ता


भारत र चीन सीमामा शान्ति कायम गर्न दुई देशले अहिले सम्म १५ चरणको वार्ता गरिसकेका छन् । चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गले सीमा क्षेत्रमा शान्ति स्थापनाका लागि विभिन्न चरणमा कमान्डर स्तरमा वार्ता भएको बताएका छन् । तर, पनि दुई देशका विचको सिमा विवाद कायम नै रहेको छ ।

सिंगापुरमा आयोजित सांग्रिला संवादमा सम्बोधन गर्दै फेङ्गले यस क्षेत्रमा शान्ति कायम गर्नु भारत र चीन दुवैको आपसी हितमा रहेको र त्यसका लागि दुवै पक्ष सहमतिमा पुग्न निकै प्रयासरत रहेको बताउनु भएको हो । तर, फेङ्गले चीनले आफ्नो क्षेत्रमा भारतीय स्वामित्वका हतियार फेला पारेको दाबी गर्दै भारतले सीमापार मानिससमेत पठाएको आरोप लगाउनु भएको छ ।

तपाईको प्रतिक्रिया