अर्थमन्त्री जनार्दन शर्माको राजीनामा नमागेको अध्यक्ष प्रचण्डको प्रष्टिकरण


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा नमागेको प्रष्टिकरण दिनुभएको छ ।

आफूले अर्थमन्त्रीको राजीनामा मागेको भनेर चलाइएको हल्ला नियोजित र षड्यन्त्रपूर्वक ढङ्गले आएको प्रचण्डको भनाइ रहेको छ । साथै अध्यक्ष प्रचण्डले अहिले कुनै पनि मन्त्रीलाई फिर्ता बोलाउने पार्टीको नीति समेत नरहेको दाबी गर्नुभयो । केही सञ्चारमाध्यमले अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्मालाई खुमलटारमै बोलाएर राजीनामा मागेका समाचारहरू सार्वजनिक गरेका थिए ।

तर, अध्यक्ष प्रचण्डले अर्थमन्त्रीको राजीनामासँग जोडेर आएका कुनै पनि समाचार बदनाम गराउन फैलाएको अफवाह र षडयन्त्रबाहेक अरू केही नभएको दाबी गर्नुभयो । यो बदनाम गर्न फैलाएको अफवाह र पार्टी विरुद्धको षडयन्त्रबाहेक केही नभएको उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया