शैक्षिक सुधार गर्न, विद्यालयमा सुझाव पेटीका

जाजरकोट । कुशे गाउँपालिकाका ५४ वटा बिद्यालयहरु मध्ये ३६ वटा बिद्यालयमा सुझाब पेटीका राखिएको छ । बिद्यालयहरुको शैक्षिक सुधार गर्न कुशे गाउँपालिकाका ३६ वटा बिद्यालयमा पहाडी क्षेत्र बिकास अभियान जाजरकोटले सुझाब पेटीका राखेको हो ।

नेपाल सरकार शिक्षा मन्त्रालय तथा शिक्षा बिभागले तयार पारेको गुनासो सुनुवाई कार्यविधी–२०७४ अनुसार कुशे गाउँपालिकाका ३६ वटा बिद्यालयहरुमा सुझाब पेटीका राखिएको सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पहाडी क्षेत्र बिकास अभियानद्धारा संचालित सहयात्रा दोस्रो परियोजनाको सामाजिक परिचालन अधिकृत निर्मला थापाले जानकारी दिईन् ।

सुझाब पेटीकामा विद्यालयको शैक्षिक सुधार गर्न अविभावक र बिद्यार्थीहरुले राखेका गुनासोहरुको सुनुवाई हुन थालेको छ अधिकृत थापाले भनिन–‘कार्यबिधीले गरेको व्यवस्था अनुसार बिद्यालय व्यवस्थापन समितिका अध्यक्षको संयोजकत्वमा रहेको ७ सदस्य गुनासो सुनुवाई समितिले सुझाव पेटीकामा आएका गुनासोहरुको सम्बोधन गर्ने गरिएको छ ।

’ साप्ताहिक रुपमा सुझाब पेटीका खोलेर गुनासाहरुको सुनुवाई गर्नुपर्ने कार्यविधीमा उल्लेख गरिएको भएता पनि कुशे गाउँपालिका भित्रका विद्यालयमा राखिएका सुझाब पेटेकालाई पाक्षिक रुपमा खोल्ने गरिएको अधिकृत थापाले जानकारी दिईन् । शुक्रबार दुर्गादेवी मावि भार्मामा राखिएको सुभाव पेटीका गुनासो सुनाई समितिले खोलेको थियो ।

खोलिएको सुझाव पेटीकामा विद्यालयको शैक्षिक विकास गर्न पुर्वाधार विकास, नियमित रुपमा पठनपाठन गर्नुपर्ने लगाएका महत्वपूर्ण सुझाबहरु विद्यार्थी र अविभावकहरुले राखेका थिए । बिद्यालयको पूर्वाधार बिकासमा जोड दिनुपर्ने, नियमित रुपमा शिक्षकहरु विद्यालयमा हाजिर भएर पाठन कार्यलाई नियमित गर्नुपर्ने अविभावकहरुले सुझाव राखेका थिए ।

दिवा खाजाको गुणस्तरलाई बढाउनुपर्ने, खाजा खाने समयमा जनाउ घण्टी बजाउनुपर्ने, स्थानीय र डेरा लिएर बस्ने बिद्यार्थीहरुलाई शिक्षकहरुले समान व्यवहार गनुृपर्ने विद्यार्थीहरुले सुझाव पेटीकामा माग राखेका थिए । शिक्षकहरु नियमित रुपमा विद्यालयमा नआउने गरेको उल्लेख गर्दै सुझाव पेटीकामा विद्यार्थीहरुले विद्यालयमा आएका शिक्षकहरुले पनि सबै घण्टीको पढाई पुरा नगर्ने गरेको उल्लेख गरेका थिए । विद्यार्थीहरु सिजनल बिरामी हुने गरेको बनावटी बहाना बनाएर शिक्षकहरुले विद्यालय बन्द गरेर यार्सागुम्बा खोज्न डोल्पाका पाटनतिर जाने गरेको विद्यार्थीहरुले सुझाव पेटीकामा गुनासो राखेका थिए ।

बिद्यार्थी र अविभावकहरुले सुझाव पेटीकामा राखेका सुझाव तथा गुनासाहरुलाई गुनासो सुनाई समितिले सुनुवाई गरेर त्यहि समाधान गर्ने गरेको छ । गुनासो सुनुवाई समितिबाट समाधान हुन नसकेका गुनासाहरुलाई समितिले गाउँपालिकाको शिक्षा तथा खेलकुद विकास शाखामा पठाई दिने गरेको छ ।
समाचार श्रोतले दिएको जानकारी अनुसार कुशे गाउँपालिकाका अधिकांश विद्यालयहरुमा कक्षा ६ देखि माथिको कक्षामा अध्ययनरत छात्राहरु विद्यालयमा बेहोस हुने गरेका छन् ।

तपाईको प्रतिक्रिया