लिभरपुललाई दबाब

युरोपियन च्याम्पियन्स लिगको प्रि क्वाटरफाइनलको निर्णायक लेगमा साविक च्याम्पियन लिभरपुल बुधबार एट्लेटिको म्याड्रिडसँग प्रतिष्पर्धा गर्दे छ। पहिलो लेगमा १–० ले पराजित लिभरपुलाई दोस्रो लेगमा घरेलु मैदानमा जित निकाल्नु पर्ने दबाब छ। अवे मैदानमा गोलविहिन भएकालेपनि लिभरपुलका लागि म्याड्रिडलाई हराउनु पर्ने चुनौती रहेको छ। त्यसले लिभरपुल एट्लेटिको विरुद्ध स्पष्ट जितको खोजिमा हुने छ।

साविक च्यामिपयन लिभरपुलले गत संस्करणको फाइनलमा अर्को इंग्लिस क्लब टोटनह्यामलाई २–० ले पराजित गर्दे उपाधि जितेको थियो। टोटनह्याम भने मंगलबार राति भएको दोस्रो लेगमा जर्मनीको क्लब लाइप्जिगसँग ३–० ले स्तब्ध हुँदै समग्रमा ४–० को हार ब्योहोरेर प्रतियोगिताबाट बाहिरिसकेको छ। इंग्लिस प्रिमियर लिगको उपाधि नजिक रहेको लिभरपुल च्याम्पियन्स लिगमा पनि आफ्नो दबदबा कायम राख्ने ध्याउनमा रहेको छ। वार्यनको सान च्याम्पियन्स लिगको जारी संस्करणमा जर्मनीको फुटबल क्लब वार्यन म्युनिखले सतप्रतिशत नतिजा निकालेको छ।

जारी प्रतियोगितामा सबै ७ खेल जित्ने म्युनिख एक्लो टिम हो। उसले कुनै पनि खेलमा हार या बराबरीको सामना गरेको छैन्। म्युनिखपछि म्यानचेस्टर सिटीले लिगमा ७ मध्ये ५ खेलमा जित निकाल्दा २ खेलमा बराबरी गरेको छ। यद्धपि गत फेब्रुअरीमा सिटीलाई फाइनेन्सीयल फेयर प्ले (एफएफपी) नियम उल्लंघन गरेकोमा दोसी ठहर गर्दै च्याम्पियन्स लिगमा दुई वर्षको प्रतिबन्ध लगाएको छ।

त्यसैले सिटीले अन्य कुनै निर्णय नभए आगामी दुई संस्करण च्याम्पियन्स लिग गुमाउने छ । त्यस्तै जारी लिगमा लिभपुलले ७ मध्ये ४ खेलमा जित निकाल्दा १ खेल बराबरी तथा २ खेलमा पराजित भएको छ। त्यस्तै अर्को दाबेदार मानिएको इटालीयन जायन्ट युभेन्टस ७ मध्ये ५ खेलमा जित निकाल्न सफल हूँदा समान एक–एक खेलमा हार र बराबरी गरेको छ ।

त्यस्तै बार्सिलोना भने ७ मध्ये ४ खेलमा जित निकाल्दा ३ खेलमा बराबरी खेलेको छ। उच्च गोलकर्ता लेवान्डोस्की प्रतियोगितामा वार्यन म्युनिखका रोर्बट लेवान्डोस्की सर्वाधिक गोलकर्ताको शिर्ष स्थानमा रहेका छन्।

उनले ६ खेलमा ११ गोल गरेका छन् भने २ गोलका लागि असिस्ट गरेका छन्। दोस्रो नम्बरमा बौरुसिया डर्टमुन्डका युवा स्टार अर्लिङ हलेन्ड रहेका छन्। यी १९ वर्षीय नर्वेजियन खेलाडीमा सबैको चासो रहेको छ। उनले ७ खेलमा १० गोल र एक असिस्ट गर्न सफल भएका छन्। चर्चित स्ट्राइकरहरु रोनाल्डो र मेसीको नाममा भने जारी सिजन केवल २–२ गोल रहेको छ।

तपाईको प्रतिक्रिया