कोहलपुर दुर्घटनामा अटो चालक रोकाको मृत्यु

कोहलपुर दुर्घटनामा अटो चालक रोकाको मृत्यु

– कोहलपुर
बिहिबार बिहान कोहलपुरमा भएको सडक दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुलेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर नजिकै भएको दुर्घटनामा बैजनाथ गाँउपालिका २ मकैबारीका ५० वर्षिय जय बहादुर रोकाको मृत्यु भएको हो ।

अटो चालक रोकाको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा ज्यान गएको हो । त्यसैगरी अटोमै सवार जुम्लाका २५ वर्षिय मदन शाही र बैजनाथ गाँउपालिका १ चिसापानीका २१ वर्षिय सुजन शाही गम्भीर घाईते भएका छन । मदनको टाउको, छाती र खुट्टामा चोट लागेको छ भने सुजनको निधारमा चोछ लागेको अस्पताल स्रोतले जनाएको छ ।

दुर्घटनामा बसमा सवार ११ जना यात्रु समेत घाईते भएका छन । सबै यात्रुको अवस्था सामान्य रहेको र उनिहरुको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

बिहिबार बिहान ८ बजेको समयमा भे१ख २१२९ नम्बरको बस र अटो एकआपसमा ठोक्कीएका थिए । दुर्घटनामा अटो पूर्ण रुपमा क्षतीग्रस्त भएको छ । दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया