क्रिकेटको विकासका लागि खेल सामग्री हस्तान्तरण

जाजरकोट । जाजरकोटमा क्रिकेट खेलको विकासका लागि खेल सामग्री हस्तान्तरण गरिएको छ । जिल्ला खेलकुद विकास समितिले जाजरकोट यूवा क्रिकेट क्लवलाई खेल सामग्री हस्तान्तरण गरेको हो । समितिले क्लवलाई २ व्याट, ४ जोडी गोल्वस, १० वटा बल, १ सेट स्टमप, १ सेट किपर प्याड, ७ वटा एडी दिएको जाजरकोट क्रिकेट क्लवका अध्यक्ष अनिश कार्कीले जानकारी दिए ।

क्रिकेट खेलको विकासका लागि समिति गरेको कार्य निकै महत्वपूर्ण रहेको समेत कार्कीले बताए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरबहादुर बस्नेत, कार्यालय सचिव जयप्रसाद आचार्य र सदस्य निराजन विक्रम शाहीले हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया