सहकर्मी समाजले समाज परिवर्तनमा ठूलो भुमिका खेलेको छ: नरप्रमुख घर्ती

May be an image of 3 people and people sittingजाजरकोट । सहकर्मी समाजले समाज परिवर्तनमा ठूलो भुमिका खेलेको भेरी नगरपालिका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले बताएका छन् । मंगलबार भेरी सामुदायिक विकास मञ्चले आयोजना गरेको नव निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा शुभकामना र अभिमुखीकरण कार्यक्रम बोल्दै घर्तीले टोल विकास संस्था, सुशासन, नेतृत्व विकासको माध्यमबाट समाज परिवर्तनमा ठुलो भुमिका निर्वाह गरेको बताएका हुन् ।

May be an image of 4 people, people standing, people sitting, indoor and text that says 'REDMI NOTE9 CO AI QUAD CAMERA'

उनले भने, ‘२०७४ सालमा म पहिलो कार्यकालका लागि निर्वाचित हुदाँ संस्थाको उद्धेश्य, काम बाट प्रभावित भएर नगरपालिकामा काम गर्न अनुरोध गरे, काम गर्दै जाँदा संस्थाले समुदायका मानिसमा ल्याएको परिवर्तन देखेर म साह्रै खुशी छु ।’ सहकर्मी समाजका लागि नगरपालिका बाट विनियोजन बजेटमा कुनै कमी नराख्ने समेत बताए ।

May be an image of text

अभिमुखीकरण कार्यक्रममा भेरी नगरपालिका भित्रका वडाध्यक्ष, टोल विकास संस्थाका प्रतिनिधी, सरोकारवालाहरु, नागरिक समाज, पत्रकार लगायतको उपस्थिति रहेको सहकर्मी समाज जाजरकोटका प्रमुख नेत्र रेग्मीले बताए । कार्यक्रममा सहकर्मी समाजले आर्थिक सहयोग गरेको थियो ।

May be an image of 9 people, people sitting and text that says '1 P REDMI NOTE 9 AI QUAD CAMERA'

सहकर्मी समाजले गरेको विभिन्न गतिविधी हेर्न तलको लिंकमा क्लिक गर्नूहोस् ।

सहकर्मी समाजले गरेका गतिविधीहरू

तपाईको प्रतिक्रिया