बारेकोटमा जैविक विविधता अभिलेखीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

No description available.बारेकोट । जिल्लाको बारेकोट गाउँपालिकामा जैविक विविधता अभिलेखीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय जाजरकोटको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । बारेकोटमा रहेको जैविक विविधताको अभिलेखीकरण गरेर संरक्षण गर्नका लागि अभिमुखीकरण कार्यक्रम गरिएको डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख बसन्तबावु श्रेष्ठले जानकारी दिए ।

यस्तै, गाउँपालिका क्षेत्रभित्रका जैविक विविधताको अभिलेखीकरण गर्नको लागि पशुसेवा शाखाका प्रमुख गोबिन्दबहादुर सिंहको संयोजकत्वमा ७ सदस्यीय अनुवांशिक श्रोत व्यवस्थापन समिति गठन गरिएको थियो ।

कार्यक्रममा बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीको अध्यक्षता रहेको थियो । प्रमुख अतिथिको रुपमा भुतपूर्व माननीय भक्त बहादुर शाह र अतिथिहरुमा बारेकोट गाउँपालिकाका उपाध्यक्ष श्री नरबहादुर गिरी, प्रमुख प्रशासकीय अधिकृत श्री मोहन प्रकाश गिरी, जडिबुटी व्यवसायी संघ अध्यक्ष श्री गणेश बहादुर सिंह रहेका थिए ।

No description available.

उक्त कार्यक्रममा बारेकोट गाउँपालिका भित्रका जडिबुटीहरुमा आधारित परम्परागत उपचार पद्धतिमा संलग्न व्यक्तिहरु, जडिबुटीको खेति गरेका किसानहरु, जैविक विविधता संरक्षणमा लागेका सरोकारवालाहरु र जडिबुटी व्यवसायमा संलग्न व्यक्तिहरु र बारेकोट सब डिभिजन वन कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

No description available.

कार्यक्रमको सञ्चालन बारेकोट सब डिभिजन वन कार्यालयका फरेष्टर श्री सुरेन्द्र पुन मगर र सहजीकरण का.मु. डिभिजन वन अधिकृत बसन्तबाबु श्रेष्ठ र सहायक वन अधिकृत श्री मिलन बुढाले गरेका थिए ।

तपाईको प्रतिक्रिया