भारतको गुजरातमा एक उद्योगको पर्खाल भत्किँदा १२ जनाको मृत्यु


भारतको गुजरातस्थित एक उद्योगको पर्खाल भत्किँदा १३ जनाको मृत्यु भएको छ । मोरबी जिल्लामा रहेको नुन उद्योगमा पर्खाल भत्किँदा १२ जना मजदुरहरूको मृत्यु भएको र २० जनाभन्दा बढी घाइते भएका छन् । समाचार संस्था पीटीआईका अनुसार घटनाबारे प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुभएको छ । उहाँले घटनामा परी मृत्यु भएकाहरूको परिवारलाई राहत स्वरुप दुई लाखका दरले र घाइते भएकाहरूलाई ५० हजारका दरले उपलब्ध गराउने पनि घोषणा गर्नुभएको छ । घाइते भएकाहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको छ भने पर्खालमुनि फसेकाहरूको उद्दार कार्य जारी छ ।

तपाईको प्रतिक्रिया