नेपाल टी–२० लिग आगामी असोज ८ गतेदेखि सुरु हुने

टी-२० मा एक वर्षपछि भिड्दै नेपाल र मलेशिया
नेपाल टी–२० लिग आगामी असोज ८ गते देखि सुरु हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल टी–२० लिगको आधिकारिक मिति घोषणा गरेको छ । आगामी असोज ८ देखि कात्तिक ५ सम्म हुने नेपाल टी–२० लिगमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । क्यानले जनाएको छ ।

खेल त्रिवि मैदान कीर्तिपुरमा हुने छ । यसअघि प्रस विज्ञप्तीमार्फत लिगको घोषणा गरेपनि क्यानले मिति घोषणा गर्न सकेको थिएन ।

भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजना अधिकार दिएर क्यान आलोचित बनेको थियो । यसको पहिलो संस्करण सेप्टेम्बर २४ देखि अक्टुबर २२ सम्म हुने छ । आगामी १५ दिनमा टिम लगायत सबै कुरा घोषणा हुने (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।

तपाईको प्रतिक्रिया