सुर्खेतमा गठबन्धनबीच तालमेलको सम्भावना समाप्त : माओवादी केन्द्र


सुर्खेत । सुर्खेतमा नेपाली काँग्रेस अनिर्णित बन्दा सत्तारुढ दलहरुबीचको गठबन्धन टुटेको छ । स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच तालमेल गरेर जाने भनेर संयुक्त विज्ञप्ति निकालेको काँग्रेसले भागवण्डाको कुरामा लचकता नदेखाएको भन्दै नेकपा माओवादी केन्द्रले गठबन्धनको सम्भावना समाप्त भएको घोषणा गरेको छ ।

नेकपा माओवादी केन्द्र सुर्खेत इञ्चार्ज झकबहादुर मल्ल (सुदीप)ले सुर्खेतमा पाँच दलीय गठबन्धनबीच तालमेलको सम्भावना समाप्त भएको बताए । उनले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरूलाई एकल उम्मेदवारी दर्ता गराउने तयारीमा लाग्न आग्रहसमेत गरेका छन् ।

गठबन्धनभित्र तालमेल गरेर जाने कुरामा काँग्रेस अनुदार भएको भन्दै एकीकृत समाजवादी र माओवादीले आन्तरिक तयारी गरिसकेका थिए । मल्लले यसअघि नै मनोनयन दर्ताका लागि फारम ल्याएर वितरण गरिसकेको र आजै उम्मेदवारी दर्ता गरिने बताए ।

तपाईको प्रतिक्रिया