युवालाई टिकट दिएको भन्दै कांग्रेस कोहलपुरको कार्यालयमा तालाबन्दी

No description available.
गणेश रावत
कोहलपुर,१२ वैशाख । ईतिहास बोकेका नेताहरु हुँदाहुँदै युवालाई टिकट दिएको भन्दै नेपाली काँग्रेस कोहलपुर नगर समितिको कार्यालयमा तालाबन्दी गरेका छन् ।

यहीँ बैशाख ३० गतेको स्तानीय तहको उम्मेदवार छनोटमा असहमती जनाउँदै उनीहरुले कोहलपुर बसपार्कमा रहेको नगर कार्यालय तालाबन्दी गरेका हुन् । कोहलपुरको मेयरको लागि युवा नेता पूर्णप्रसाद आचार्य र उपमेयरमा संगीता पौडेल सुवेदीलाई उम्मेदवार बनाउने निर्णय भइसकेको छ ।

कोहलपुरको मेयरका आकांक्षी समेत रहेका कांग्रेसका नेता राजेन्द्र श्रेष्ठका अनुसार नेपाली कांग्रेसमा लामो ईतिहास बोकेका नेताहरु हुँदाहुँदै पनी युवालाई टिकट दिएको पर्ति आफुहरुको असन्तुष्ट भएको बताए । उहाँहरुलाई अन्य क्षेत्रमा समेत अवसर दिनुपर्छ ।

कोहलपुरमा मेयर नै ताकेर पूराना नेताहरु बस्नुभएको छ । उहाँहरुलाई पार्टीले टिकट दिनुपर्छ । मेयर र उपमेयर तोकेको निर्णय फिर्ता नलिए ताला नखुल्ने बताए ।

तपाईको प्रतिक्रिया